Wednesday, December 15, 2010

निर्माता हराएको सूचना



फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर २९, बुधवार
सञ्चारकर्मी तथा चलचित्र 'आफ्नै मनलाई सोधी हेर' का निर्माता किरण अधिकारी करिब एक महिना देखि सम्पर्क बिहिन भएपछी सो चलचित्रका निर्देशक रमेश पोखरेल निकै तनावमा छन् ।

चलचित्रको प्रदर्शन समय नजिकिंदै गर्दा चलचित्रको प्रचारप्रसार गर्नु पर्नेमा उल्टै चलचित्रको केहि रकम लिएर अधिकारी बेपत्ता भएको निर्देशक पोखरेलको भनाई छ । चलचित्रमा पचास प्रतिशत लगानी गरेका निर्माता किरण अहिले कहाँ छन् त्यो कुरा न निर्देशकलाई थाहा छ न चलचित्रकर्मीलाई नै ।

निर्माता किरण अब सम्पर्कमा आउने छाँट नदेखेपछी निर्देशक पोखरेलले पूर्णरूपमा आफू नै निर्माता भएको बताए । उनले भने, 'पहिला पचास प्रतिशत किरणले र पचास प्रतिशत मैले खर्च गर्ने कुरा भएको थियो तर पछिल्लो समयमा आएर किरण बेपत्ता भएपछि म एक्लै त्यसको निर्माता भएको छु ।'  किरण आउने आशमा केहि समय चलचित्रको प्रदर्शन पोस्टपोण्ड गरेका निर्देशक पोखरेलले उनी आउने छाँट नदेखेपछि फाल्गुन महिनामा देशभर एकसाथ सो चलचित्र प्रदर्शन गर्ने बताए ।

क्रियटिभ सिने म्याक्सको व्यानरमा निर्माण भएको सो चलचित्रमा निखिल उप्रेती, सुरज आरडी, सोभिता सिंखडा, राज तिमल्सिना, आयुब केसी, जिया केसी लगायतले अभिनय गरेका छन् ।

No comments:

Post a Comment