Wednesday, January 12, 2011

'दासढुंगा' बर्षको पपुलर चलचित्र

Source:फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष २८, बुधवार


मेरोसिनेमा पपुलर अवार्ड-२०१० को अन्तिम नतिजा सार्वजनिक गरिएको छ । अनलाइन भोटको आधारमा 'दासढुंगा' बर्षको पपुलर चलचित्र घोषित भएको छ भने चलचित्र 'बाटो मुनिको फूल' बाट सुरज सुब्बा नाल्बोले सर्वोत्कृष्ट निर्देशकको हात पारेका छन् ।

तुलसी घिमिरे निर्देशित चलचित्र 'देश'बाट राजेश हमालले सर्वोत्कृष्ट अभिनेताका रुपमा चुनिएका छन् भने नायिका रेखा थापा आफ्नै चलचित्र 'कस्ले चोर्‍यो मेरो मन' र 'बाटो मुनिको फूल' बाट सर्वोत्कृष्ट अभिनेत्रीको रूपमा चुनिएकी छिन् । चलचित्र 'बाटो मुनिको फूल' बाट सुरज सुब्बा नाल्बोले सर्वोत्कृष्ट निर्देशक र स्क्रिप्ट राइटर, रेखा थापाले सर्वोत्कृष्ट अभिनेत्री, यशकुमारले नव-अभिनेता, संजय लामाले छायाँकार र प्रकृति गिरीले सर्वोत्कृष्ट पाश्र्वगायिका गरि ६ विधामा पपुलर अवार्ड हात पारेको छ ।
 
चलचित्र 'फस्टलभ' बाट विनय श्रेष्ठले उत्कृष्ट सह-अभिनेता, ऋचा शर्माले नव-अभिनेत्री  र सिमोस सुनुवारले सम्पादनको पपुलर अवार्ड हात पारेका छन् । यता चलचित्र 'नाइँ नभन्नु ल'बाट सर्वोत्कृष्ट संगीतकारका रुपमा महेश खड्का, सर्वोत्कृष्ट पाश्र्वगायक दीपक लिम्बुलाई पपुलर संगीतकार र गायकको रूपमा रोजेका छन् । खलपात्रका रुपमा दासढुंगा' बाट सौगात मल्ल, हाँस्य अभिनेतामा 'आफ्नो मान्छे आफ्नै हुन्छ' बाट निर्मल शर्मा, द्वन्द्वनिर्देशकमा रणसंग्राम' र 'स्वाभिमान'बाट राजेन्द्र खड्गी, कोरियोग्राफरको रुपमा 'कोही…मेरो' बाट आलोक नेम्वाङ पपुलर भएका छन् ।

डेढमहिना अघिदेखि थालिएको सो पपुलर अवार्डमा सन् २०१० मा रिलिज भएका ३९ वटा चलचित्रहरु १९ विधामा का लागि प्रतिस्पर्धामा उत्रेका थिए । अवार्डको अन्तिम नतिजा बुधबार कान्तिपुर टेलिभिजनबाट प्रसारित फिल्मी कार्यक्रम रजतपटबाट घोषणा गरिएको मेरोसिनेमा डटकमका सञ्चालक मोहन डोटेलले जानकारी दिए ।

No comments:

Post a Comment