Thursday, January 13, 2011

शुक्रबारबाट देशभर 'चिनो'

फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष २९, बिहिवार


सोभित बस्नेतले निर्देशन गरेको चलचित्र 'चिनो' भोली शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउँदै छ । चलचित्र चिनोलाई डीजीटल सिनेमा नेपाल (डीसीएन) ले पहिलो पटक एकसाथ पाँच दर्जन हलमा रिलिज गर्ने भएको छ ।

देशभर ८७ वटा डिजिटल सर्भर रहेको सो संस्थाले पहिलो पटक यति धेरै हलमा सो चलचित्र रिलिज गर्न लागेको हो । चलचित्र चिनो डीसीएन प्यानलबाहेक अन्य थप करिब  पन्ध्र हलमा समेत प्रदर्शन हुने निर्देशक बस्नेतले जानकारी दिए ।

सो चलचित्रमा नायिका रेजिना उप्रेतीको आकर्षक द्वन्दका दृश्य हेर्न पाईनेछ भने द्धन्द निर्देशक राजेन्द्र खड्गीलाई  तेस्रो लिङ्गीको रूपमा फरक प्रस्तुतीमा हेर्न पाईनेछ  । यि बाहेक चलचित्रमा बिराज भट्ट, रमित ढुंगाना, जयकिशन बस्नेत, धीरेन शाक्य, उत्तम केसी, सुनिता गन्धर्व, दावा शेर्पा लगायतले अभिनय गरेका छन्।

सलोन फिल्म्सको निर्माणमा शोभित बस्नेत र अजय गोपाल दलीले निर्माण गरेको सो चलचित्रमा शम्भुजित बास्कोटाको संगीत, शिव बिकको नृत्य, ध्रुव लम्सालको लेखन, शम्भु सापकोटाको छायांकन तथा अनन्त थपलियाको सम्पादन रहेको छ ।

No comments:

Post a Comment