Friday, January 21, 2011

रिलिज धकेलिएपछी भिडियो लन्च

 काठमाण्डौ, २०६७ माघ ७, शुक्रवार

आज शुक्रबार देखि प्रदर्शनमा आउने भनिएको आकाश अधिकारी निर्देशित चलचित्र शासन प्राविधिक कारणबस प्रदर्शन हुन नसकेपछी त्यसको बदलामा सो चलचित्रको म्यूजिक भिडियो लन्च गरिएको छ ।

राजधानीमा शुक्रबार साँझ एक प्रेस मिट गर्दै सो चलचित्रका निर्माता तथा नायक लोकेन्द्र  कार्कीले  प्रिन्ट तयारका लागि चलचित्र विकास कम्पनीलाई दिए बमोजिम प्राविधिक समस्या उत्पन्न भएकाले समयमा रिलिज गर्न आफूहरू असमर्थ रहेको बताए । यस्तै आफ्नै होम प्रोडक्सनको चलचित्र काठमाण्डू रिलिजका लागि हाल  विभिन्न मूलुकमा  रहेका कारण  सो चलचित्रका  निर्देशक अधिकारी भने कार्यक्रममा उपस्थित हुन सकेका थिएनन् ।  प्रेस मिटमा  सो चलचित्रका तीन गीत  र  एउटा प्रोमो साथै पब्लीसिटीका  लागि तयार गरिएको  दुई नयाँ पोष्टर डिजाईन पनि सार्वजनिक गरिएको छ । डेढ करोड लगानी गरिएको भनिएको सो चलचित्रको प्रदर्शनबाट उठेको २० प्रतिशत रकम स्वास्थ्य, शिक्षा र बृद्धाहरूको सेवाका लागि फाउण्डेशन खोलि जम्मा गरिने कार्कीले आफ्नो  योजना पुनः दोर्‍याएका थिए  । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार अबको एक महिना पछी मात्र शासनलाई दर्शकले हेर्न पाउने छन् ।


यस्तै प्राविधिक समस्याको कारण  आज रिलिज हुन नसकेको सो चलचित्र केही साता पछि प्रदर्शन गर्ने बताईएको छ । 

No comments:

Post a Comment