Wednesday, February 2, 2011

स्वरको प्रेस शोमा आतिसबाजी

फिल्मीखबर, काठमाण्डौ, २०६७ माघ १९, बुधवार

कुनै पनि चलचित्रको प्रेस सो वा प्रिमियरलाई फरक पना दिन नयाँ कुरामा चलचित्रकर्मीले प्राथामिकता दिने गर्दछन् । कसैले केक काट्ने गरेका छन् भने कसैले राजनीतिक फिगरका तथा चर्चित ब्यक्तिहरूलाई उपस्थित गराएर प्रिमियरको शोभा बढाउने गर्दछन् । तर बुधबार राजधानीको जय नेपाल सिनेमा भवनमा प्रसन्न पौडेल निर्देशित पहिलो  चलचित्र 'स्वर'ले छुट्टै प्रक्रियाले आफ्नो प्रेस शो आयोजना गरेको छ ।

विभिन्न चलचित्रकर्मीको उपस्थितिमा आयोजना गरिएको उक्त  प्रेस सो पश्चात स्वर टिमले आकासमा आतिसबाजी अर्थात पटका पडकाउने काम गरेरे चलचित्र उद्योगमा नयाँ स्र्टाईल भित्राएको हो  । हाल सम्म यसरी प्रेस शोमा आतिसबाजी गर्ने काम कुनै पनि चलचित्रको प्रिमियर र प्रेस शोमा गरिएको थिएन्  । उपस्थित पाहुँनालाई आर्श्चर्य दिने हिसावले गरिएको उक्त आतिसबाजीको सवैले प्रशंसा समेत गरेका थिए । गएको शुक्रबारबाट  राजधानी बाहिरका  सिनेमा भवनमा प्रदर्शन भैरहेको उक्त चलचित्र आगामी शुक्रबार देखि राजधानी भित्रिदैछ । जस अनुरूप स्वरको प्रेस शो  आतिसबाजी सहित बुधबार साझ भिन्न तरिकाले गरिएको हो ।

एमआरएस मुभिजको व्यानरमा मनिष राजभण्डारी, रवि लामा तथा सुरेन बलामीको संयुक्त निर्माणमा बनेको सो  चलचित्रमा संगीतमा रूची राख्ने एक युवकको कथालाई प्रस्तुत गरिएको छ । जसमा राजबल्लभ कोइराला मुख्य भूमिकामा छन् । यस्तै उनी सहित नव प्रस्तुतीमा केकी अधिकारी  पनि राजको पेयर भएर अभिनय गरेकी छिन् ।  साथै चलचित्रमा नव प्रस्तुतीकै रूपमै  रिमा विश्वकर्मा, बेनिषा हमाल, एसराज, जोएस पाण्डे, अमित पोखरेलको साथमा तृप्ती नाड्कार सहित सुनिल थापालाई पनि मुख्य भूमिकामा देख्न पाईन्छ । चलचित्र हेरिसकेपछी निर्देशक  प्रसन्नको पहिलो ब्याटिङ्गलाई अधिकाशंले प्रशंसा  गरेका थिए । 

No comments:

Post a Comment