विगत दश बर्षदेखि हिमालयन एसोशिएसनले अयोजना गर्दै आएको अर्न्तराष्ट्रिय हिमालयन चलचित्र महोत्सव (किम्फ)मा यो बर्ष प्रतिष्पर्धा, गैर प्रतिष्पर्धा र पानारोमा गरी जम्मा ६२ वटा फिल्म देखाईने भएको छ ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विश्वभरबाट सहभागी हुन आएका ६२ मध्ये ३५ मुलुकबाट छानिएका फिल्मलाई सहभागी गर्राईनुको साथै पानारोमा अर्न्तगत नेपालका ६ वटा चलचित्र समावेश गरी कुल ६२ वटा चलचित्र देखाईने आयोजकले जानकारी दिएको छ । यस्तै पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पानारोमा बाहेकका ५६ मध्ये २० वटालाई प्रतिष्पर्धा र ३६ वटालाई गैर प्रतिष्पर्धा अर्न्तगत देखाईने छ । जस मध्ये नेपालबाट केशङ छिरिङको शेरिङ डोल्मा भन्ने चलचित्र पनि प्रतिष्पर्धा अर्न्तगत छनौटमा परेको छ ।
काठमाण्डौको भृकुटी मण्डप स्थित राष्ट्रिय सभा गृह तथा टुरिजम बोर्डको हलमा आगामी मंसिर २३ देखि २७ गते सम्म सञ्चालन हुने उक्त महोत्सवमा ब्रिटेन, चीन र नर्वेका जुरीहरू रहने छन् । प्रतिष्पर्धामा सर्वोत्कृष्ट हुने एक चलचित्रलाई १५ हजार अमेरिकन डलर, दृत्तियलाई १० हजार र तृतियलाई ५ हजार डलर प्रदान गरिने छ र दर्शक छनौटको आधारमा एक चलचित्रलाई पनि सम्मान गरिने छ ।
यस्तै पानारोमा अर्न्तर्गत नेपालका ६ वटा फिल्म मध्ये उत्कृष्ट हुने एकलाई नगद रू २५ हजार समेत प्रदान गरिने किम्फले जनाएको छ ।
आँठौ भनिएको उक्त महोत्सवमा चलचित्र हेर्न अन्यले ३० रूपैया र विद्यार्थीले १० रूपैया तिर्नु पर्ने छ ।
No comments:
Post a Comment