
वितरक डीजीटल सिनेमा नेपाल (डीसीएन)को जिम्माबाट फिल्म पाइरेसी भएपछी पिडित भएका सम्बन्धीत निर्माताहरु र अन्यचलचित्रकर्मीले डीसीएनलाई दोष देखाउदै उसले क्षतिपूर्ति दिनु पर्ने माग गरेका छन् ।
पिडीत भएपछी चलचित्र निर्मातासंघको सहयोगमा शुक्रबार निर्माताद्धय यश कुमार र कृषा चौलागाईले राजधानीमा अयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निर्मातासंघका अध्यक्ष राजकुमारराई, पूर्व अध्यक्ष युवराज लामा, भुवन केसी, श्रीकृष्ण श्रेष्ठ, मौसमी मल्ल लक्ष्मण शेष, साथै पाइरेसीको मुख्य मारमा परेका कृषा र यशले डीसीएनले कुनै पनि हालतमा आफूहरुलाई क्षतिपूर्ति दिनु पर्ने माग गरेका छन् । प्रदर्शनको भएको केही दिनमै वितरक सस्था डीसीएनको कर्मचारी असरफ अलिको लापरबाहिको कारण धरान स्थित गणेश टाकिजबाट प्रदर्शन भैरहेको चलचित्र बाटो मुनिको फूलको कपि सीडी बाहिर आएको थियो । यस्तै केही समय अघि प्रदर्शनभएको कृषाको कसम हजुरको चलचित्रपनि विना इजाजत पाइरेसी भै भीसीडी बजारमा आएपछि उनीहरु यो समय पीडित बनेका हुन ।
वितरक डीसीएनको लापरवाहिबाट परेको असर बारे शुक्रबार पत्रकार सम्मेलनमा के के भने त ? उपस्थित निर्माताहरुले बोलेको शब्द सम्पादन गरेर उनीहरु कै भाषामा ।
गायक समेत रहेका मुख्य पिडीत निर्माता यस कुमार : म गायन पेशामा सन्तुष्ट हुँदाहुँदै चलचित्र क्षेत्रमा पनि केही राम्रो भविष्य हुन्छ कि भनेर यो क्षेत्रमा आएँ तर मेरो चलचित्र रिलिज भएका केही दिन देखिनै विभिन्न कुराले म निरुसाहित भएँ । अझ पाइरेसी घटनाले म निकै हतोत्साहित समेत भएको छु । फिल्मको राम्रो तारिफ भएपछी विभिन्न पन्ध्र वटा राष्ट्रमा पनि फिल्म प्रदर्शन गर्ने तयारी गरिएको थियो तर पाइरेटेड सीडीबजारमा आएपछी तिनीहरुले अब फिल्म लिएर तपाई नआउनु किन कि तपाई भन्दा पहिलो फिल्मको सीडी बजारमा आईसेको रहेछ भनेका छन् ।। पूर्ण रुपमा ऋण काडेर फिल्म बनाईएकाले यो फिल्मले जेनतेनले लगानी उठाएको भए अर्को फिल्म बनाउने साहास गर्थे तर मेरो फिल्म बीस रुपैयामा बजारमा आएपछी अब कसरी अर्का फिल्म बनाउने ? त्यसैले यो सीडी प्रकरणबाट मैलै न्यायको साथमा उचित क्षतिपूर्ति पाउँनै पर्छ ।
वितरक डीसीएनको लापरवाहिबाट परेको असर बारे शुक्रबार पत्रकार सम्मेलनमा के के भने त ? उपस्थित निर्माताहरुले बोलेको शब्द सम्पादन गरेर उनीहरु कै भाषामा ।



निर्माता संघका अध्यक्ष राजकुमार राई : यो घटनामामा कुनै ब्यक्तिलाई आरोप लागउनु भन्दा पनि गल्ती गरेपछी त्यस घटनाबारे सम्बन्धीत संस्थाले जिम्मेवारी लिन आवश्यक देखिन्छ । लाखौको लागनीमा बनेका फिल्महरु कपि भएर बजारमा आउनुलाई निर्माता संघले सहज रुपमा लिएको छैन। नया फिल्मको डीभीडी बजारमा आउनु डीसीएनको गम्भीर लापरबाही हो । तर्सथ कुनै पनि हालतमा पिडित निर्माताहरुलाई क्षतिपूर्ति दिलाउने काममा निर्माता संघको पूर्ण सहयोग रहने छ ।

यस्तै निर्माता समेत रहेका नायकद्धय भुवन केसी र श्रीकृष्ण श्रेष्ठले पाइरेसी घटनालाई सेलाउन नदिन सवै निर्माताहरुलाई एक जुट हुन आग्रह गरेका छन् । यस्तै अभिनेत्री तथा निर्माता मौसमी मल्लले आफ्नो फिल्म गिरफतार पाइरेसी भएपनि अहिले सम्म आफूले न्याय पाउन नसकेको गुनासो ब्यक्त गर्दै यो घटना फेरी पनि सेलाए यो समस्या नेपालबाट कहिलै अन्त्य नहुने बिचार ब्यक्त गरिन । यस्तै श्रव्य दृश्य उद्यमी संघका अध्यक्ष प्रेम कुमार लामिछानेले कपि सीडी बजारमा आएपछी व्यवसाय गर्ने आफू जस्ता उद्यमी मारमा परेको बताए । यस्तै अखिल नेपाल चलचित्रकर्मी संघका महासचिव तथा संगीतकार लक्ष्मण शेषले पाइरेसीको यो घटनाले आफ्नो संस्कृतिमाथिको हस्तक्षेप भएको बताए । त्यसैगरी चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले पाइरेसी घटना प्रति सस्थागत हिसावले कडा भर्त्सना गर्दै पिडितले जसरी भए पनि न्याय पाउनु पर्ने माग गरेका छन् ।
No comments:
Post a Comment