Tuesday, December 21, 2010

फेरी फुट्ने भयो निर्माता संघ

Source: फिल्मीखवर, २०६७ पौष ६, मंगलवार

नेपाल चलचित्र निर्माता संघको निर्वाचन भएको लामो सयम भएको छैन । चुनावमा राजकुमार राईले अध्यक्ष पद हाशील गरेर कार्यभार सम्हालेको पनि केही महिना मात्र भयो । राजकुमार राईले अध्यक्ष पद सम्हालेको केही महिना वित्न नपाउदै यो संघ दुई टुक्रामा विभाजीत हुने पक्का भएको छ ।

फिल्मीखवरलाई एक्स्क्लुसिभ रुपमा प्राप्त जानकारी अनुसार अर्को निर्माता संघ आगामी माघ महिना भित्र स्थापना हुने लगभग पक्का भएको छ । नेपाल चलचित्र निर्माता संघसँग असन्तुष्ट निर्माताहरुको एक समुहले यो संघ खोल्न लागेको हो । राजधानीको एक विशेष स्थानमा दुई दर्जन भन्दा वढि निर्माताहरु आज मंगलबार गोप्य वैठकमा वसेका थिए । सोही गोप्य वैठकमा नयाँ निर्माता संघ खोल्ने निर्णय भएको वैठकमा सहभागी एक निर्माताले जानकारी गराए ।

नेपाल चलचित्र निर्माता संघसँग असन्तुष्ट भएर खोल्न लागीएको नयाँ निर्माता संघको नाम व्यवसायीक चलचित्र निर्माता संघ राखिने वताईएको छ । तर नामको वारेमा निर्णय भने भै नसकेको वुझिएको छ । राजकुमार राईले अध्यक्षता गरेको निर्माता संघले केही पनि काम नगरेको निर्माताहरु चलचित्र निर्माणको क्रममा दुख कष्ट भोग्दा पनि केही नवोलेको कारण देखाउदै नयाँ निर्माता संघ खोलिन लागेको हो ।

नेपाली चलचित्र उद्योगमा निरन्तर रुपमा चलचित्र निर्माण गर्ने निर्माताहरुको वाहुल्यता यो नयाँ निर्माता संघमा रहने जानकारी प्राप्त भएको छ । नयाँ खोलिन लागीएको निर्माता संघमा पचास भन्दा वढि सदस्य भैसकेको पनि वुझिएको छ । राजकुमार राईको अध्यक्षतामा रहेको निर्माता संघसग असन्तुष्ट भएर खोलिन लागिएको नयाँ निर्माता संघको नेतृत्वको लागी चार जना निर्माताहरुको नाम वाहीर पनि आएको छ ।
 
आज  वसेको गोप्य वैठकमा चार जनाको नाम प्रस्ताव गरीएको थियो । प्रस्ताव गरीएको अध्यक्षहरुमा नवल खड्का, उज्ज्वल घिमिरे , केशव भट्टराई, उदय सुब्बा रहेका छन् । यि चार मध्ये खोलीन लागीएको नया निर्माता सघको अध्यक्ष को हुने भन्ने अहिले नै निर्णय भैसकेको छैन । यि चार मध्ये केशव भट्टराई भर्खर सम्पन्न नेपाल चलचित्र निर्माता सघको चुनावमा अध्यक्ष पदमा पराजीत भएका थिए । यस्तै नवल खड्का पनि सोही चुनावमा महासचिव पदमा पराजीत भएका हुन् भने उदय सुब्बा यो संघको उपाध्यक्ष पदमा रहेका छन् । यसरी केही समय अघि मात्र जुटेको निर्माता संघ फेरी पनि विभाजीत हुने भएको छ ।

निवर्तमान अध्यक्ष अशोक शर्मा निर्माता संघको अध्यक्ष पदमा रहदा वर्तमान अध्यक्ष राजकुमार राईले नया निर्माता संघ खोलेका थिए । अहिले पुन: उनै राजकुमार राई अध्यक्ष पदमा रहदा यो संघ फेरी फुट्ने भएको हो । लामो सयमको कसरत पछि मिलेका एकता भएको निर्माता संघ फेरी फुटको संघारमा पुग्नु आफैमा दुर्भाग्य हो ।

निर्माता संघ दुई भागमा विभाजीत हुदा चलचित्र वनाउने निर्मातारुले निक्कै कष्ट भोगेका थिए । फेरी पनि यो संघ फुट्ने पक्का भैसकेकोले चलचित्र उद्योगका निर्माताहरुले अनावश्यक झन्झट भोग्नु पर्ने अवस्था आउने देखिएको छ । हेरौ नयाँ खोलीन लागेको निर्माता संघ र हाल रहेको नेपाल चलचित्र निर्माता संघको यो जुहारी कहिले सम्म जारी रहनेछ ।

No comments:

Post a Comment