Friday, December 24, 2010

रेखा समाज सेवा तिर

Source: फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष ९, शुक्रवार

२०५७ सालबाट नायिकाको छवि बनाएकी रेखा थापा अब समाज सेवातिर लाग्ने भएकी छिन् । एक बर्षमा दर्जन बढी चलचित्रमा अभिनय गर्दै आएकी रेखाले फिल्मको संख्या समेत घटाउने निर्णय गरेको  बताउँदै चाँडै नै समाज सेवामा लाग्ने बताएकी छिन् ।

रेखाले आफूले  सुरू गर्न लागेको समाज सेवाको प्रकृति भने खुलाउन चाहिनन् । उनी भन्दै थिईन् 'म सवैलाई एकै चोटी सरप्राइज दिन्छु ।'  छोटो लुगाको कारण पनि चर्चा कमाएकी रेखाले पछिल्लो समयमा आफ्नो बानी ब्यहोरा र पहिरनमा  समेत परिवर्तन गरेकी छिन् । फिल्मको अलवा सार्वजनिक कार्यक्रममा पनि  छोटो लुगामा भेटिने थापा केही महिना यता लामो पहिरनमा देखिन थालेकी छिन् । हुन त त्यो पहिरन उनको पाँचौ प्रोजक्ट कसले चोर्‍यो मेरो मनले निर्धारण गरिदिएको थियो तर पनि नायिकाबाट समाजसेवी बन्ने  रहर उनीमा जागेकाले त्यसतर्फ पाईला बढाउन उनले आफ्नो पहिरनलाई पहिलो हतियार बनाएकी छिन् ।

यति सम्मकी विदेशका कार्यक्रमा थुप्रै पैसामा नाच्दै आएकी रेखाले अब त्यस्ता कार्यक्रममा ननाच्ने समेत बताएकी छिन् । पछिल्लो समय विदेशका कार्यक्रम समेत बहिस्कार गर्दै आएको बताउदै उनले भनिन्  'रेखा अब पैसाको लागि काम गर्दिन ।'   उनको पारिवारिक पृष्ठ भूमि राजनीतिबाट प्रभावित भएपनि हालसम्म उनले  त्यस बारेमा सञ्चारकर्मीलाई  खुलाएकी थिईनन् ।

उनको समाज सेवाको लक्षण बुझ्दै जाँदा चाँडै नै  उनी राजनीतिमा हाम फाल्दै छिन् । उनी भन्दै थिईन् 'म प्रधानमन्त्री पनि हुन सक्छु ।'   उनको यो कुराले के पुष्टी गर्छ भने अब रेखा थापालाई  सेक्सी नायिकाको रूपमा मात्र हैन उनलाई समाज सेवी हुदै राजनीतिकर्मीको रूपमा समेत देख्न पाईने छ । राजनीतिमा लाग्न लागेकी रेखा जय होस तिम्रो ! ! ! 

No comments:

Post a Comment