Thursday, January 6, 2011

नयाँ हिरोसँग झरनाको अनुभव

Source: फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष २२, बिहिवार


यो समय झरना थापा एक नयाँ हिरोसँग अभिनय गरिरहेकी छिन् । नयाँ उनका लागि हिरो मात्र चिनजानका हिसावले स्क्रिप्ट राईटर अनि पछिल्ला समयका चर्चित निर्देशक सुरज सुब्बा उनका लागि पूरानो परिचित फिल्मी अनुहार पनि हो । यति मात्र हैन फिल्मसँग सम्बन्धीत अर्का मुख्य ब्यक्ति अर्थात क्यामेरा पर्सन सञ्जय लामा पनि उनका लागि नयाँ सहकर्मी नै हुन् ।


एक दशक लामो फिल्मी करिअरमा उनले थुप्रै नयाँ अनुहारहरूसँग जोडीको रूपमा काम पनि गरिन् र ती जोडीहरू स्टार समेत कहलिए ।  एक्टीङ क्वीनले समेत परिचित झरना यो समय एक नितान्त नयाँ अनुहारसँग जोडी भएर अभिनय गरिरहेकी छिन् । सुदूरपश्चिमका सुनिल रावल उनको नयाँ फिल्मी हिरो भएका छन् । यि दुईले अनस्क्रिन रोमान्स समेत गरिहेका छन् । दुर्गिस फिल्मको ब्यानरमा इकेन्द्र कुवँर, अनिल रावल, भोकृष्ण ताम्राकार र टेकबहादुर भण्डारीको संयूक्त लगानीमा सुरज सुब्बाले निर्देशन गरिरहेको चलचित्र 'सायद' मा झरनाले डेब्यू हिरो रावलसँग नयाँ अनुभव लिईरहेकी छिन् ।
 
कस्तो रह्यो त नयाँ हिरोसँगको अनुभव ? झण्डै सत्तरीको सख्यामा फिल्म खेलिसकेकी झरनाले उत्तर दिईन् 'कलाकार भन्दा पनि र्डाईरेक्टरको हिसावले आफू काम गर्ने भएकाले नयाँ भएपनि रमाईलो लाग्यो ।'  यस्तै झरनाले नयाँ ब्यक्तिमा सुरूमा  अभिनयको कमि भएपनि उहाँको धैर्यताले राम्रो कलाकार बन्ने सम्भावना आफूले  देखेको नयाँ हिरोसँगको अभिनय अनुभव समेत बताईन् । उता स्टार हिरोइन झरनासँग पहिलो पटक नै जोडी भएर अभिनय गर्न पाउँदा सो चलचित्रबाट नायकको परिचय गराउदै गरेका रावल पनि निकै खुशी छन् । रावल भन्छन्, 'म उहाँलाई हिरोइन भन्दा पनि फयामेलिको हिसावले आदर गर्छु ।' यानिकी झरनालाई रावल भाउजू भन्छन् ।


हालसम्म ३० प्रतिशत छायाकंन सकिएको सो चलचित्रमा एक सातादेखि झरनाले  सुनिलसँग अभिनय गरिरहेकी छिन् । यस्तै उनका लागि स्क्रिप्ट राईटरको रूपमा  सुरज सुब्बा परिचित भएपनि निर्देशकको हिसावले पहिलो पटक उनी सुब्बाको निर्देशनमा काम गर्दैछिन् । पछिल्लो पटक निकै चर्चा कमाएको सुरज सुब्बा निर्देशित तेस्रो फिल्म 'बाटो मुनिको फूल' उनलाई निकै राम्रो पनि लागेको थियो जस अनुरूप सुब्बाको निर्देशनमा फिल्म खेल्ने चाहाना 'सायद' बाट उनले पूरा समेत गरेकी छिन् ।

रावल मात्र हैन सो चलचित्रमा दिलीप रायमाझीको साली अनिता दाहाल, निर्देशक नारयण पुरीका छोरा संयम पुरीले समेत इन्ट्रोडक्सन गर्दैछन् । यसरी नयाँ कलाकारलाई लिदा काममा कठिनाई हुदैन भन्ने प्रश्नमा निर्देशक सुब्बा भन्छन् 'काष्टले मेरो सिनेमा चल्ने हैन कन्टेन्ट राम्रो हुन पर्‍यो र यो फिल्मको बिषय राम्रो भएकाले नयाँ कलाकार देखि मलाई कुन डर छैन ।'  चलचित्रमा दुई पुस्ताको सममस्यालाई बिशेष रूपमा उठान गरिएको बताईएको छ । 

No comments:

Post a Comment