Thursday, January 6, 2011

युरोप र अमेरिकामा 'काठमाण्डू'

फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष २२, बिहिवार


बेन नबिन अधिकारीसँग मिलेर आकाश अधिकारीले निर्माण एवं निर्देशन गरेको चलचित्र  'काठमाण्डू' युरोपका बिभिन्न शहर जर्मनी, बेल्जियम, स्पेन सहित अमेरिका र क्यानडामा प्रदर्शन हुने भएको छ ।

चलचित्रका निर्देशक तथा नायक आकाश अधिकारी भोली शुक्रबार सो चलचित्र लिएर युरोप प्रस्थान गर्दैछन् । आफ्नो ससुराली शहर रोममा एक साता बसेर उनी १६ तारिखको दिन जर्मनी पुग्नेछन् । जर्मनीका एनआरएन सदस्य पञ्चरत्न घिमिरेको सक्रियतामा चलचित्र 'काठमाण्डू' आगामी जनवरी १७ तारिखको दिन जर्मनी शहरकोUNION Kinos im Forum, Hans-bo"ckler-platz1045468Mu"lheim/Ruhr मा प्रदर्शन हुनेछ । जर्मनीका बिभिन्न शहरमा ४ शो गरी चलचित्र काठमाण्डू बेल्जियममा पनि ३ शो गरिने चलचित्रकी नायिका प्राप्ती घिमिरेका पिता समेत रहेका एनआरएन सदस्य घिमिरेले फिल्मीखबरलाई जानकारी दिए ।

बेल्जियम पछि चलचित्र 'काठमाण्डू' स्पेनमा प्रदर्शन हुनेछ । जनवरी २८ र २९ तारिखको दिन स्पेनको बार्सिलोनामा चलचित्र प्रदर्शन गरेर आकाश अमेरिका प्रस्थान गर्नेछन् । यता अमेरिकाको न्यूयोर्क शहरको ज्याक्सन हाईट सिनेमा घरमा भने चलचित्र काठमाण्डू फेब्रुअरी ४ तरिखबाट ३ सातासम्म दैनिक ३ शो हुने पक्कापक्की भएको छ । अमेरिका पछि आफ्नो चलचित्रलाई क्यानडामा प्रदर्शन गरेर आकाश नेपाल फर्कने छन् । यो चलचित्र नेपालमा नयाँ बर्षको अवसर पारेर मार्च ३ तारिखमा प्रदर्शन हुने भएको छ । नेपालमा प्रदर्शन गरेर आकाश पुन: बिदेशका अन्य शहरमा प्रदर्शन गर्न जानेछन् ।

जर्मनीमा चलचित्रकी नायिका प्राप्ती घिमिरे र नायक आकाश अधिकारीसँग बसेर दर्शकले चलचित्र हेर्ने पाउने छन् भने अमेरिकामा अर्की नायिका रिया मार्फी र नायक आकाशसँग बसेर दर्शकले चलचित्र हेर्न पाउनेछन् । चलचित्रको बारेमा प्रतिक्रिया लिनको लागी पनि आकाश दर्शकसँगै बसेर चलचित्र हेर्नेछन् ।

काठमाण्डौको जीवनशैलीलाई अमेरीकासँग दाँजिएको यो चलचित्रमा आकाश, प्राप्ती, रियाको साथमा रेश मरहठ्ठा, गौरी मल्ल, संयुक्ता राणा, नबिन अधिकारी, ममता प्रधान, सुनिल दत्त, अर्जुन श्रेष्ठलगायतले अभिनय गरेका छन् । स्काई मुभिजको ब्यानरमा निर्माण गरिएको सो चलचित्रलाई नेपालमा पहिलो पटक रेड क्यामेराले खिचेको हो । चलचित्रका गीतमा भारतिय चर्चित गायक गायिकाले स्वर दिएका छन् ।

थप जानकारीको लागी सम्पर्क :-
पञ्चरत्न घिमिरे
००४९१६३४५८४४५३

No comments:

Post a Comment