Friday, January 7, 2011

संघीयताको विषयमा माटो


Source: FilmyKhabar    

नेपालको अन्तरिम संविधानले देशलाई संघीयतामा लैजाने निर्णय गरिसकेको छ । संविधान सभाको निर्वाचन मार्फत नयाँ संविधान निर्माण र राज्य पुर्नसंरचनाको माध्यमबाट देशलाई संघियतामा लैजाने निर्णय गरेपनि संघीयताको ढाँचा कस्तो हुने भन्नेमा हाल सम्म बहस मात्रै भइरहेको छ ।


राजनीतिक दलहरुको अलग अलग घोषणा र दस्तावेजको कारणले जनता संघीयताको बारेमा झन अस्पष्ट भएका छन् । कुनै पनि दलले संघीयताको बारेमा जनतालाई बुझाउन सकेका छैनन् । राजनीतिक दलहरुले संघीयताको बारेमा दलहरुलाई बुझाउन नसकेको अवस्थामा चलचित्रले भने संघीयताको बारेमा दर्शकहरुलाई जानकारी दिने प्रयत्न गरेको छ ।


दमौलीको उत्तरशिला चलचित्र मन्दिरमा हाल प्रर्दशन भईरहेको नेपाली कथानक चलचित्र माटोले संघीयताको राम्रा र नराम्रा पक्षको बारेमा दर्शकलाई जानकारी दिएको छ । संघीयताको विषयमा निर्माण भएको यो नै पहिलो चलचित्र बनेको छ । चलचित्रमा चार जातिका चार प्रतिनिधि कलाकारहरु रहेका छन् । संघीयता भनेको जात जातीको प्रभुत्व हो भन्ने विषयलाई यसले जोडेको छ । चलचित्रमा महानायक राजेश हमाल, सिमान्त उदास, श्याम यादव, पुष्प श्रेष्ठले चार जातिको प्रतिनिधित्व गरेका छन् । जसमा महानायक राजेश हमालले खस जाति अर्थात बाहुन क्षेत्रीको प्रतिनिधित्व गरेका छन् ।


देशको अहिलेको मुख्य समस्या भनेको संघीयता र राज्य पुनसंरचना हो भन्ने विषयमा चलचित्र निर्माण गरिएको छ । भीम लामाको निर्माण र किशोर सुब्बाको निर्देशन रहेको यस चलचित्रमा राजेश हमाल, सिमान्त उदास, श्याम यादव, पुष्प श्रेष्ठका अतिरिक्त रेजिना उप्रेती, मित्र लिङदेन, मुकुन्द श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

No comments:

Post a Comment