Friday, January 7, 2011

गाडी फेरिन् झरनाले

Source:फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष २३, शुक्रवार


कलेजी रङ्गको टक्सन गाडी चढ्दै आएकी नायिका झरना थापाले शुक्रबारबाट आफ्नो गाडी परिवर्तन गरेकी छिन् ।

एक दिन अघि  थापाथलीको एक स्वरूमबाट किनेको डाईट्सुको टेरियस उक्त नयाँ गाडीलाई उनले  शुक्रबार बिहान भद्रकाली  मन्दिर  लगी पुजाआजा समेत गरिन् ।इन्सोरेन्स सहित ४८ लाख मूल्य बराबरको उक्त गाडी किनेको खुशियालीमा उनले केही नजिकका साथीभाईलाई लड्डु  समेत खुवाएकी थिईन् । पति एवं निर्माता सुनिल कुमार थापाको सहयोगमा किनेको सो गाडीमा झरनाले आफ्नो ३० प्रतिशत लगानी रहेको बताएकी छिन् । 

किन फेर्नु भयो नि गाडी भन्ने प्रश्नमा झरना भन्छिन् 'चढिरहेको गाडी मान्छे अनुसार अलि ठूलो भएको र एउटै गाडीले श्रीमान् श्रीमतीलाई काम गर्न गाह्रो  भएकाले नयाँ लिएको  हुँ ।'  यानिकी अब उनका पति सुनिल झरनाले प्रयोग गर्दै आएको टक्सन चलाउने भएका छन् र झरनाले नयाँ ।  नयाँ गाडी किनेको उपल्क्ष्यमा आज शुक्रबार उनी कुनै पनि फिल्मको सुटिङमा गईनन् र बेलुकी किङ्गस वे सोही गाडीमा शयर गर्न समेत निस्किएकी थिईन् । 

धेरै गाडी फेर्ने एवं महंगो गाडी चढ्ने नायिकाको रूपमा अग्रपंक्तिमा रहेकी झरनाले यस अघि  टोयटा , पेरोडिया, भिटारा, सेन्ट्रो, र पछिल्लो पटक टक्सन पछी टेरियस चढ्न सुरू गरेकी हुन् ।

No comments:

Post a Comment