Tuesday, January 11, 2011

भगवानलाई समेत भनिनन् उमेर

अनुप भट्टराई, काठमाण्डौ, २०६७ पौष २७, मंगलवार (Source: FimlyKhabar)

भनिन्छ मन्दिर भित्रका पुजारी भगवानका दूत हुन् । अनि ती दूतले  मनोकांक्षा के छ भनी सोध्दा अवश्य पनि पुजा गर्न आएको भक्तले सरासर आफ्नो मनोकांक्षा भन्ने गर्दछ । तर आफ्नो जन्मदिन मनाउन मंगलबार मनकामना माताको शरणमा पुगेकी नायिका रेजिना उप्रेतीले पटक पटक पुजारीको आग्रहमा पनि आफ्नो उमेर खुलाउन चाहिनन् ।

गोरखामा रहेको मनकामना मातासँग आफ्नो जन्मदिन एवं आगामी शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आउन लागेको उनीद्धारा अभिनित चलचित्र चिनोको प्रोमशन समेत गर्न मनकामना पुगेकी रेजिनाले आफ्ना पिता, बहिनी एवं चिनोका निर्माता निर्देशक सोभित बस्नेत  तथा कलाकारहरू राजेन्द्र खड्गी, जयकिसन बस्नेतलगायतसँग एक साथ पुजा गर्दै थिईन् ।

हातमा फूल, अक्षता, नरिवल सहित रहेको डालीलाई समातेर पुजारी अचल बहादुर मगरले माग्नुस के माग्नु हुन्छ भन्दा उनले आज आफ्नो जन्मदिन भएकोले जन्मदिनको दिन आफूले अभिनय गरेको चलचित्र चिनोको ब्यापार राम्रो होस भनी मनकामना मातासँग आशिर्वाद मागेकी थिईन् । अनि पुजारीले कति बर्ष हुनु भयो नि भन्दा रेजिनाले सँगै रहेका केही सञ्चारकर्मीको आँखा छल्दै पुजारीको कानमा भन्ने प्रयास गरेकी थिईन् तर त्यो कानेखुशी असफल भएपछी उनले आफ्नो  उमेर नै खुलाउन सकिनन् । 

पुजारीले तीन चार  पटक सम्म आग्रह गर्दा पनि रेजिनाले गोप्य रूपमा आफ्नो उमेर बताउन नसकेपछी उनी केही प्रसाद लिएर मन्दिर बाहिर निस्किएकी थिईन् । यस अघि थुप्रै पटक मनकामनाको दर्शन गरिसकेकी रेजिनाले पहिलो पटक त्यहाँ जन्मदिन मनाएकी हुन् ।  एक पन्थ दुई  काज भने झै सोभितले रेजिनाको बर्थडे ट्रिट मनकामनामा दिएका थिए भने सँगै आफ्नो फिल्मको सफलताको कामना सहित चिनोका मास्टर डीभीलाई पुजा गरेका थिए ।

उता राजेन्द्र खड्गीले निधन भएका आफ्ना गुरू गोपाल भुटानीको नाममा पुजाआजा गरेका थिए । यस्तै राजेन्द्रले रेजिनलाई बर्थडे उपहार स्वरूप किस गिफ्ट दिएका थिए । कैलालीको टिकापुरबाट सिधै दर्शनमा सहभागी हुन पु्गेका राजेन्द्रले केही उपहार ल्याउन नसकेको भन्दै रेजिनलाई खुलेआम तिम्रो लागि बर्थडे गिफ्ट किस भन्दै कुरिनटार मैदानमा किस दिएका थिए । यस्तै सोही क्रममा राजेन्द्रले ठट्यौली स्वरूप आजबाट कति बर्षको भयौ तिमी  १९ बाट १८ हो भन्दा रेजिनाले भर्खर १६ भनी जवाफ दिएकी थिईन् ।
 

No comments:

Post a Comment