Monday, January 10, 2011

रमित र रेजिनाको जन्मदिन विशेष हुने

Source:फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष २६, सोमवार


नायक रमित ढुङ्गानाले मंगलबार आफ्नो ३० औं जन्मदिन मनाउदै छन् भने नायिका रेजिना उप्रेतीले पनि मंगलबार नै आफ्नो जन्मदिन मनाउदै छिन् । उमेर नखुलाउने सर्तमा मंगलबार जन्मदिन मनाउने तयारी गरेकी नायिका उप्रेती आफ्नो निर्देशक सोभित बस्नेतसँग जन्मदिन मनाउन कुरिनटारको बाटो हुदै गोरखामा रहेको मनकामना माताको दर्शन गरी मनोकाक्षा पुरा गर्दैछिन  भने रमित आफैले खोलेको बाल गृह 'सानो फाउण्डेसन' का एक दर्जन बालबालिकासँग केक काटेर जन्मदिन मनाउने तयारीमा छन् । 

जन्मदिनको अघिल्लो दिनबाटै रमित र रेजिनालाई फेसबुकका भित्ताभरी अग्रिम शुभकामना सन्देशहरू थुप्रै फ्यानलहरूले दिएका छन् । गएको बर्ष एक चलचित्रको सुटिङ्ग यूनिटसँग जन्म दिन मनाएकी नायिका उप्रेतीले मनकामना मातासँग आफूले शसक्त अभिनय  गरेको पछिल्लो चलचित्र चिनोको  सफलताको कामना गर्ने छिन भने रमितले बिहानको समय आफ्नै घरमा कुल देवताको पुजा आजा गरी दिउँसो दुई बजे पूरानो सिनामंगलमा रहेको फाउण्डेसनमा अभिनेता त्रय भुवन केसी, शिव श्रेष्ठ र राजेश हमाल, नायिका रेखा थापा, निरूता सिहं लगायतलाई निम्ता गरी त्यहाँका अनाथ बालबालिकासँग जन्मदिनको खुशीयाली बाड्दैछन् ।

संयोगबस एकै दिनमा बर्थडे  परेको रमित र रेजिनालेसँगै अभिनय गरेको चलचित्र चिनो आउदो शुक्रबारबाट देशभर प्रदर्शनमा आउदै छ । जसका लागी निर्देशक शोभित र रेजिनाले चलचित्रको लागी भाकल पनि गर्दैछन् ।

नायक रमित ढुंगाना र नायिका रेजिना उप्रेतीलाई फिल्मीखबर डटकम परिवारको तर्फबाट जन्मदिनको शुभकामना !

No comments:

Post a Comment