Thursday, January 20, 2011

विमान स्थलमा निरूतालाई जुत्ता खोल्न लगाईयो

फिल्मीखबर, काठमाण्डौ, २०६७ माघ ६, बिहिवार

मिजासिलो मानिस कहिले काही क्रुर बनिदिदा उसले नसोचेको दुःख भोग्नु पर्छ । अझ सेलिब्रेटी  पर्‍यो भने त त्यो जतिको ठूलो अपमान सायद अरू केही हुँदैन होला । गत मंगलबार त्रिभुवन अर्न्तराष्ट्रिय  विमान स्थलमा नायिका निरूता सिहंले आफ्नो सानो क्रुरताले पाउनु सम्मको दुःख पाईन् । 

नाम नबताउने सर्तमा एक स्रोतले दिएको  जानकारी अनुसार मंगलबार बिहान साढे ११ बजे मुम्बई प्रस्थान गर्न लाग्दा निरूताको लगेजलाई चेकिङमा खटिएका सुरक्षाकर्मीले जाँच गर्न घण्टौ लगाउनु पर्‍यो र उनीहरूबीच सोही कारणले निकै ठूलो झगडा परेको थियो । यस्तै स्रोत भन्छ  'निरूताको हाते व्यागबाट अत्याधिक व्यक्तिगत खुजुरा  सामान भेटिएपछी सुरक्षाकर्मीलाई चेक गर्न थप समय लागेको थियो जसकारण निरूताले लामो समयसम्मको सो चेकिङ सहन नसकी सुरक्षाकर्मीलाई गाली गर्न थालिन् अनि निरूता र सुरक्षाकर्मी बीच ठूलै गरी विवाद  बढ्यो ।' 


हरेक सामानलाई चेक जाँच गर्नु आफ्नो कर्तब्य ठान्दै सुरक्षाकर्मीले  निरूताको ब्यबहारलाई केही बेर सहेको थियो तर  प्रत्येक मिनेटमा निरूताले किचकिच गरेपछी एक जना सुरक्षा कर्मीले अब तपाईको जुत्ता समेत चेक गर्ने भन्दै अपमानजनक हिसावले उनको जुत्ता खोल्न लगाएको स्रोत भन्छ । त्यसपछी निरूता नर्भस हुँदै मुम्बई तर्फ प्रस्थान गरेको स्रोतले बताएको छ ।
 

No comments:

Post a Comment