Wednesday, January 19, 2011

जर्मनी शहरमा 'काठमाण्डू' प्रदर्शन

काठमाण्डौ, २०६७ माघ ५, बुधवार


बेन नबिन अधिकारीसँग मिलेर आकाश अधिकारीले निर्माण एवं निर्देशन गरेको चलचित्र  'काठमाण्डू' को युरोपको जर्मनी शहरमा एक भब्य समरोहका बिच पहिलो प्रदर्शनी गरिएको छ ।

चलचित्रका निर्देशक तथा नायक आकाश अधिकारी र सोही चलचित्रकी नायिका प्राप्ती घिमिरेको उपस्थितीमा जनवरी १७ तारिख शुक्रबारका दिन सो चलचित्रको जर्मनीको UNION Kinos im Forum, Hans-bo"ckler-platz10,45468Mu"lheim/Ruhr मा प्रदर्शन भएको हो । एनआरएन सदस्य पञ्चरत्न घिमिरे र बिजय मोक्तानको सक्रियतामा चलचित्र 'काठमाण्डू' प्रदर्शन गरिएको हो । चलचित्र काठमाण्डू बेल्जियममा पनि ३ शो गरिने चलचित्रकी नायिका प्राप्ती घिमिरेका पिता समेत रहेका एनआरएन सदस्य घिमिरेले फिल्मीखबरलाई जानकारी दिए ।

बेल्जियम पछि चलचित्र 'काठमाण्डू' स्पेनमा प्रदर्शन हुनेछ । जनवरी २८ र २९ तारिखको दिन स्पेनको बार्सिलोनामा चलचित्र प्रदर्शन गरेर आकाश अमेरिका प्रस्थान गर्नेछन् । यता अमेरिकाको न्यूयोर्क शहरको ज्याक्सन हाईट सिनेमा घरमा भने चलचित्र काठमाण्डू फेब्रुअरी ४ तरिखबाट ३ सातासम्म दैनिक ३ शो हुने पक्कापक्की भएको छ । अमेरिका पछि आफ्नो चलचित्रलाई क्यानडामा प्रदर्शन गरेर आकाश नेपाल फर्कने छन् । यो चलचित्र नेपालमा नयाँ बर्षको अवसर पारेर मार्च ३ तारिखमा प्रदर्शन हुने भएको छ । नेपालमा प्रदर्शन गरेर आकाश पुन: बिदेशका अन्य शहरमा प्रदर्शन गर्न जानेछन् ।

चलचित्र सुरु हुनु भन्दा पहिले आकाश अधिकारीको पहलमा नेपालको नवलपरासी जिल्लामा स्थापना हुन लागेको शहिद स्‍मृति सामुदायिक अस्पतालको वृत्तचित्र देखाईएको थियो । चलचित्र 'काठमाण्डू' को प्रदर्शनबाट उठेको केही रकम सो अस्पतालको निर्माणका लागी खर्च गरिने आकाशले जानकारी गराएका थिए ।
 
काठमाण्डौको जीवनशैलीलाई अमेरीकासँग दाँजिएको यो चलचित्रमा आकाश अधिकारी, रिया मार्फी, प्राप्ती घिमिरे, रेश मरहठ्ठा, गौरी मल्ल, संयुक्ता राणा, नबिन अधिकारी, ममता प्रधान, सुनिल दत्त, अर्जुन श्रेष्ठलगायतले अभिनय गरेका छन् । स्काई मुभिजको ब्यानरमा निर्माण गरिएको सो चलचित्रलाई नेपालमा पहिलो पटक रेड क्यामेराले खिचेको हो । चलचित्रका गीतमा भारतिय चर्चित गायक गायिकाले स्वर दिएका छन् ।

चलचित्र काठमाण्डू निम्न स्थानहरूमा प्रदर्शन हुँदैछ।
GERMANY / HAMBURG
Place : Amandastr.58
          Sternschanze Hamburg
Date / Time: 22/01/2011 First show on 19:uhr and Last show on 23:00 uhr
Contact :
Bipin Sherestha  : 017655029703, Tej Kumar Rai: 015226874632

BELGIUM : till now date is not fix

SPAIN/ BARCELONA
Contact: Arjun Kafle: 666982512
Date/ Time : 30.01.2011 First show 15 :00 uhr / 31.01.2011
                   Place:- Cinema malda ----c / pi 5 Metro 3 liceu

Comming soon in USA / CANADA after 4th . Feb. in NEW YORK

No comments:

Post a Comment