Monday, January 24, 2011

युट्युवमा यशकुमारको उजुरी

yashkumar_home_400निर्माता यशकुमारले सोसल साइट युट्युवमा राखिएको आफू निर्मित चलचित्र 'बाटो मुनिको फूल' हटाउन युट्युव मुख्यालयमा उजुरी गरेका छन् । झन्डै आधापृष्ठ लामो उजुरीमा उनले चलचित्रको आधिकारिता आफूसँग रहेको र अपलोड गरिएको चलचित्र विनाइजाजत भएकाले हटाउन माग गरेका छन् ।

क्यानडाबाट संचालित एक वेभसाइटले पहिलोपटक पाइरेसी गरेको जानकारी आफूलाई प्राप्त भएको बताउँदै उनले अविलम्व पाइरेसी सिनेमा हटाउन माग गरेका हुन् ।

युट्युवमा उजुरी गर्नुअघि दोषीलाई कार्वाहीका लागि माग गर्दै उनी हनुमानढोका प्रहरीमा पुगेका थिए तर प्रहरीले साइवर अपराधीलाई कार्वाही गर्ने संयन्त्र नभएकाले उजुरी दर्ता गर्न मानेन ।

'प्रहरीले पहिलोपटक यस्तो घटना भएको बताएर अक्कनमक्क परेका थिए' उनले भने 'युट्युवमा उजुरी त गरेको छु चाँडो होस भन्ने हाम्रो आशा छ ।' यशकुमार चलचित्रका प्रमुख निर्माता हुन् ।

उक्त वेभसाइटले यसअघि प्रदर्शन भैसकेका दर्जनभन्दा बढी नेपाली चलचित्रलाई पनि वेभसाइटमा राखेको छ । अपलोड गरिएका ती सबै चलचित्र पाइरेसी 
गरिएका हुन् ।

No comments:

Post a Comment