Tuesday, January 25, 2011

रोज राणालाई अदालती सफाई

फिल्मीखबर, काठमाण्डौ, २०६७ माघ ११, मंगलवार

मानव बेचबिखनको आरोपमा गएको बैशाख दश गते आफू विरूद्ध परेको तीन उजुरीमा निर्माता तथा नायक रोज राणाले सफाई पाएका छन् ।

उजुरी परेको  दुई महिनापछी  गएको असार मसान्तमा आत्म समर्पण  गरी जेल  चलान भएका राणालाई दोषी नदेखेपछी काठमाण्डौ जिल्ला अदालतले मंगलबार उनको पक्षमा फैसला गर्दै  सफाई दिएको हो । उनी मंगलबार साझबाट पूर्ण रूपमा बन्दी मुक्त समेत भएका छन् ।  पछिल्लो चरणमा ललितपुरको नख्खु सुधार गृहमा  उनले बन्दी जीवन विताउदै आएका थिए । अदालतले उनलाई विना जरिवाना  तारिखमा नधाउने गरी मंगलबार अपरान्ह सफाई दिएको हो । 

यस्तै सफाई पाए लगत्तै पहिलो पल्ट फिल्मखबरसमक्ष अर्न्तवार्ता दिदै रोजले चलचित्र निर्माण गर्ने कामलाई निरन्तरता दिने बताएका छन् । 'दादागिरी 'नामक चलचित्रबाट निर्माताको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका राणाले ६ वटा फिल्म बनाइसकेका छन् भने दुई वटा चलचित्र 'टक्कर दुई मुटुको' र 'महान'मा नायक समेत भएर अभिनय पनि गरिसकेका छन् । यस्तै रोजले एक साताभित्रै आफूले नयाँ फिल्म 'ग्याङ्गस्टार' को घोषणा समेत गर्ने बताएका छन् । जुन चलचित्रलाई आफैले निर्देशन गर्ने उनको भनाई छ ।

No comments:

Post a Comment