Saturday, February 12, 2011

फाल्गुनमा 'भैहाल्छ नि'

फिल्मीखबर, काठमाण्डौ, २०६७ माघ २९, शनिवार

मार्‍यो नि मायाले मार्‍यो नामक चलचित्र निर्देशन गरिसकेका निर्देशक एम. एस. अग्रजले दोस्रो प्रोजेक्ट अन्तर्गतको चलचित्र 'भैहाल्छ नि' निर्देशन गर्ने भएका छन् ।

कलर्स मुभि एण्ड इन्टरटेन्मेन्टको प्रस्तुतिमा रमेश पाण्डे र दिनेश अधिकारीले निर्माण गर्न लागेको सो चलचित्रको कथा पनि निर्देशक स्वयंकै रहेको छ । पूर्ण रूपमा हाँस्य तथा सन्पेन्स थ्रिलर चलचित्र भनिएको सो चलचित्रमा सुमन सिंह, गरिमा पन्त, सोनिया केसी, सुनिल थापा, कमलकृष्ण, सुवासजंग कार्की, आसान्तको मुख्य अभिनय रहने भएको छ भने नयाँ प्रस्तुतीको रूपमा बिशाल पोखरेलले अभिनय गर्दैछन् ।

यादव गोबिन्दको संगीत रहने सो चलचित्रको अहिले राजधानीको कमलपोखरी स्थित ए वान म्युजिकमा संगीतको काम भईरहेको छ । चलचित्रमा हरि हुमागाईंको छायाँकन, दिनेश अधिकारिको नृत्यनिर्देशन तथा रोशन श्रेष्ठको द्वन्दनिर्देशन रहने छ । चलचित्रको छायाँकन फागुनको तेस्रो साताबाट हुने बताईएको छ ।

No comments:

Post a Comment