Sunday, February 13, 2011

भ्यालेन्टाईनमा सानो संसार

फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन १, आईतवार

प्रेम पारखीहरुको लागि प्रमुख चाड हो 'भ्यालेन्टाईन डे' अर्थात प्रेम दिवस । १४ फेव्रुअरी अर्थात फाल्गनु २ गते पर्ने यो पर्वलाई प्रेम प्रस्ताव राख्ने दिन, नयाँ प्रेम स्थापित बनाउने दिन तथा सम्बन्ध सुढृढ र बलियो बनाउने दिनको रूपमा लिईन्छ ।

विश्वव्यापी रुपमा मान्यता पाउँदै आएको भ्यालेन्टाईन डे नेपालमा पनि केहि वर्ष देखि निकै लोकप्रिय हुँदै आएको छ । यो दिवसमा विश्व भरिकै प्रेमि प्रेमिकाहरुले एकअर्कालाई प्रेम पत्र, फूल, शुभकामना कार्ड लगायत अन्य आर्कषक गिफ्ट दिएर मनाउने गर्छन् । यसको साथमा रमणिय स्थानमा गएर पनि यो पर्वलाई प्रेमी जोडीहरूले उल्लासका साथ मनाउने गर्छन् ।
 
तपाई पनि आफ्नो मन पर्ने साथीसँग रमाईलो गर्न र खुसी बाँड्न चाहनु हुन्छ भने क्यू एफएक्स सिनेमाले सुनौलो अवसर प्रदान गरेको छ । बिशेष गरी भ्यालेन्टाईन डेलाई लक्षित गरेर सो सिनेमाले लभस्टोरी चलचित्र सानो संसारलाई सोमबार सुन्धारा स्थित क्यू एफएक्स सेन्ट्रल हलमा प्रदर्शन गर्दैछ । यहि क्रममा आज आइतबार कुमारी हलमा चलचित्र 'मेरो एउटा साथी छ' स्क्रिनिङ गरियो । जहाँ चलचित्रका नायक आर्यन सिक्देल र नायिका नम्रता श्रेष्ठ पनि चलचित्र हेर्न पुगेका थिए । भोली पनि नायिका नम्रता श्रेष्ठ सानो संसार हेर्न क्यू एफएक्स सेन्ट्रल गएर भ्यालेनटाईन डे मनाउने भएकी छिन् ।

प्रेम कथामा अधारित रहेर निर्माण गरिएक यि दुई चलचित्रलाई 'भ्यालेन्टाईन डे' को अवसर पारेर बिशेष शो गरिएको हलका सञ्चालक नकिम उद्दिनको भनाई छ । आशा गरौं यस बर्षको 'भ्यालेनटाइन डे' मा प्रेमी जोडीहरूले नेपाली चलचित्रको साथमा प्रेम दिवसलाई सेलिब्रेट गर्नेछन् ।

No comments:

Post a Comment