![](http://www.filmykhabar.com/images/news/thumbnail/676ddc5cb47a65ccb2b335ac0de870f3_thumbnail.jpg)
करिब ५०० लिटर पानीले भरिएको ३*३ फिटको अकोरियम भित्र पसेर डुब्नु पर्ने दृश्य खिच्नु पर्ने भएकोले केकीलाई सो पानीमा डुब्न लगाईएको थियो । केकीको सो दृश्य त सफलता पूर्वक खिचियो तर उनी बाहिर भने सजिलै निस्कन सकिनन् । केकी अकोरियमबाट बाहिर के निस्कन खोजेकी थिईन् सो सिसै सिसाले बनेको अकोरियम फुटेर झर्यामझुरुम भयो । सिसा फुटेर चारैतिर छरिंदा पनि केकीलाई भने केहि भएन र उनी सो दुर्घटनाबाट बचिन् । सो घटना घटेपछि केकीको त सात्तो नै गएछ । उनी केही बेर त निकै अतालिईछन् पनि । उनी मात्र हैन चलचित्रको सम्पूर्ण यूनिट नै एकछिन् त तर्सिएको केकीको भनाई छ ।
चलचित्रको मह स्टुडियो भित्र छायाँकन गरिएको थियो र करिब ५०० लिटर पानीले भरिएको अकोरियम फुटेपछि स्टुडियो भित्र पानीको खोलो नै बगेको थियो । सिसै सिसाले बनेको अकोरियम फुटेर चारैतिर छरिंदा र पानीको दह हुँदा पनि युनिटलाई भने कुनै नराम्रो क्षति नभएको निर्माता हरि महतले फिल्मीखबर डटकमलाई जानकारी दिए । सो घटना राति करिब एघार बजे तिर घटेको निर्माता महतको भनाई छ । सो घटना घटे लगत्तै सुटिङ पनि सो दिनका लागी प्याकअप गरिएको निर्माता महतले जानकारी दिए ।![](http://www.filmykhabar.com/userfiles/DSCN7404.jpg)
![](http://www.filmykhabar.com/userfiles/DSCN7404.jpg)
केकीको यो घटना भने पहिलो हैन । यो भन्दा अगाडी पनि केकी चलचित्र 'आई एम सरी' कै छायाँकनका क्रममा फेवातालमा डुब्न पुगेकी थिईन् । पर्यटकिय नगरी पोखराको फेवातालको डिलमा उभिएर सो चलचित्रको एक गीतमा नाच्दै थिईन् । हिल लगाएकी केकीले आफ्नो शरिरलाई राम्रो सँग व्यालेन्स गर्न नसकेकी पछी उनी फेवातालमा डुब्न पुगेकी थिईन् र उनलाई तत्कालै सकुसल उद्वार गरिएको थियो ।
अचम्म को कुरा यो छ कि, एकै चलचित्र दुई दुई पटक सम्म केकीको दुर्घटना पानी मै किन भयो ? केकीले भनिन्, 'मेरो ग्रहले नै पानी देखि टाढा रहन भनेको छ ।' सो ग्रह हटाउन एक पटक त पूजा पनि गरेको केकीको भनाई छ । 'सायद त्यही पूजाको असरले गर्दा होला म दुई पटकसम्म पानीको दुर्घटनाबाट बाँच्न सफल भएँ', केकीले थपिन्, 'पूजा नगरेको भए मलाई जे पनि हुन सक्थ्यो ।'
यसरी पानीमा दुई दुई पटकसम्म दुर्घटनामा परेकी केकीलाई अहिले पानी निकै डर लाग्छ रे ! केकी जि अब पानीमा कुनै पनि चलचित्रको छायाँकन गर्नुपर्यो भने एक पटक राम्रो सँग बिचार गरेर मात्र काम गर्नु होला है ।
No comments:
Post a Comment