Monday, February 21, 2011

सुभेच्छाको 'को हूँ म ?'

फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन १०, मंगलवार

कहिले आइस बारमा आफ्नो जवानी लिलामी गर्ने र कहिले बियर बारमा आफ्नो बैंशलाई बेच्ने आईटम गर्ल तथा नायिका सुभेच्छा थापा सोमबार भने आफू कमल फूल जस्तै निश्चल रहेको भन्दै थिईन् ।


आफूलाई आइटम गर्ल भन्न रूचाउने यि नायिका सोमबार ठमेल स्थित बियर बारमा राजु सिंहको संगीत र कविराज गहतराजको नृत्यनिर्देशनमा नायक भुवन केसीसँग कम्मर मर्काउँदै अञ्जु पन्तको गीतमा नाच्दै थिईन् । आफ्नै लगानीमा निर्माण भएको चलचित्र 'को हूँ म ?' का लागी उनले नायक भुवनलाई अतिथीको भुमिकामा प्रस्तुत गदैछिन् ।


करिब एक बर्ष आगाडी छायाँकन शुरू गरिएको सो चलचित्रमा निर्माता समेत रहेकी नायिका थापा प्रमुख भुमिकामा प्रस्तुत भएकी छिन् भने उनलाई बिमलेश अधिकारीले साथ दिएका छन् । थुप्रै टेलिचलचित्रको निर्देशन गरिसकेका निर्देशक बिश्वदिप घिमिरेले निर्देशन गरेको सो चलचित्रको अहिले डबिङ कार्य शुरू गर्न लागिएको नायिका थापाले बताईन् । तर सोमबार छायाँकन गरिएको गीत भने चलचित्रको लागी थप गीत भएको यि आइटम गर्ल नायिकाको भनाई छ ।

शुरूमा एक घण्टाको छोटो चलचित्र निर्माण गर्ने भनि छायाँकन गरिएको भएपनि पछि चलचित्रको कथाबस्तु सबैले मन पराएपछि त्यसलाई लम्ब्याएर दुई घण्टा ३० मिनेटको ठूलो चलचित्र बनाएको निर्देशक घिमिरेले जानकारी दिए । रेष्टुराँमा नाच्ने केटीको कथामा निर्माण भएको सो चलचित्रको कथा निर्देशक घिमिरेले नै लेखेका हुन् । करिब डेढ दर्जन चलचित्रमा अभिनय गरिसकेकी नायिका शुभेच्छाले यसपछि 'मिस नेपाल' नामक चलचित्र निर्माण गर्ने भएकी छिन् ।

No comments:

Post a Comment