Saturday, January 15, 2011

डिजिटल फिल्म अवार्डमा 'आफ्नो मान्छे आफ्नै हुन्छ' को वर्चस्व

फिल्मीखबर, काठमाण्डौ, २०६७ माघ १, शनिवार


 पच्चिस विधामा अवार्ड प्रदान गर्दै सम्झना डिजिटल फिल्म अवार्ड सकिएको छ । गत बर्षबाट सुरु भएको यो अवार्ड कार्यक्रम दोश्रो संकरण हो । गतबर्ष वैशाख देखि चैत्र मसान्तसम्म डिजिटल प्रविधिमा निर्माण भएको सोह्र चलचित्र यो अवार्ड कार्यक्रममा सहभागी थिए । सहभागी भएका चलचित्रहरुमा यो बर्ष 'आफ्नो मान्छे आफ्नै हुन्छ' को वर्चस्व देखिएको छ ।

यो चलचित्रले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक  (ऋषि लामिछाने ), उत्कृष्ट सहअभिनेत्री (अरुणिमा लम्साल ), उत्कृष्ट पटकथा (विकास आचार्य ), उत्कृष्ट चरित्र अभिनेता ( देशभक्त खनाल ), उत्कृष्ट सहअभिनेता ( मुकेश ढकाल ), उत्कृष्ट पार्श्व गायिका (अन्जना गुरुङ) गरी यो चलचित्रले सात विधामा अवार्ड प्राप्त गरेको छ ।

अवार्ड कार्यक्रममा अभिनेत्री रेखा थापा (हिफाजत ), अभिनेता आर्यन सिग्देल (कोही मेरो ), नव नायिका ऋचा शर्मा ( फस्ट लभ ), नव नायक आयुष रिजाल  (हिफाजत ), नव निर्देशक दिपेन्द्र के. खनाल  (दि युगदेखि युगसम्म ), गितकार अमृत रेग्मी (दिलमाया)  पार्श्व गायक दिपक लिम्बु ( पहिलो पहिलो माया) ), संगितकार महेश खड्का  (पहिलो पहिलो माया ), द्धन्द निर्देशक राजेन्द्र खड्गी (हिफाजत ), नृत्य निर्देशक गोविन्द र्राई ( माया त माया हो ), सम्पादक सिमोस सुनुवार (फष्ट लभ ), छायाकार राजुबिक्रम थापा (कोही मेरो ), सम्वाद शिवम् अधिकारी ( दशगजा ), कथा नवल खड्का (दशगजा ), चरित्र अभिनेत्री सरिता गिरी (गुरुदक्षिणा ), वालकलाकार इशान राउत (पहिलो पहिलो माया ), हास्यकलाकार शोभीत वस्नेत (कन्यादान ), खलपात्र राजवल्लभ कोईराला (वशमा छैन यो मन ) रहेका छन् । यसैगरी जुरी तर्फ दशगजाले अवार्ड हात पारेको छ ।

नेपाली चलचित्र क्षेत्रका चलचित्रकर्मीको वाक्लो उपस्थिती रहेको यो कार्यक्रम विभीन्न चलचित्रका गितमा नृत्य तथा गायन प्रस्तुतीले संगितमय समेत वनेको थियो । कार्यक्रममा नेपाली चलचित्रका कलाकारहरुले समेत नृत्य प्रस्तुत गरेका थिए । नेपालमा बर्षेनी बिभिन्न नाम दिएर यस्ता अवार्डहरु आयोजना नभएका होईनन्  तर यि अवार्डहरु विवादवाट टाढा भने भएका छैनन् । यो अवार्डमा पनि केही गाईगुइका हल्लाहरु नआएका होईनन् । तर नेपाली चलचित्र तथा 

No comments:

Post a Comment