Friday, January 14, 2011

शोभित मच्चिए मच्चिए थच्चिए

विजय आवाज, काठमाण्डौ, २०६७ पौष ३०, शुक्रवार


आफूले कागजी सहमती गरेकाले जसरी पनि काठमाण्डौको गंगा हलमा आफ्नो चलचित्र चिनो चलाई छाड्ने निर्देशक शोभित वस्नेतको सपना अन्तत चकनाचुर भएको छ । आजवाट देशभरका ८० भन्दा वढि हलहरुवाट एकसाथ प्रर्दशनमा आएको चलचित्र चिनोलाई काठमाण्डौको गंगा हलमा चलाउनका लागी उनले गंगा हलसँग कागजी सम्झौता गरेका थिए ।

गंगा हलमा चलचित्र चलाउनका लागी काठमाण्डौको क्यू सिस्टममा वस्नु पर्दछ । तर यो चलचित्र क्यूमा नबसी प्रर्दशनमा आउन लागेको थियो । चलचित्र प्रर्दशनमा आउनु एक हप्ता अघिदेखि आफ्नो चलचित्र चिनो गंगा हलमा प्रर्दशन हुने शोभितको भनाई थियो । यतिमात्र होईन बिभिन्न पत्रपत्रिकाहरुमा समेत यसको विज्ञापन प्रकाशित भैसकेको थियो । तर शुक्रवारवाट यो हलमा चलचित्र देशदेखि विदेश प्रर्दशनमा आएको छ । यो चलचित्र भने क्यू सिस्टमलाई फलो गर्दै आएको हो ।

यदि गंगा हलमा चिनो चलचित्र प्रर्दशनमा आएको भए लगभग काठमाण्डौमा लगाईदै आएको क्यू सिस्टम तोडिने पक्का थियो । वुझ्नमा आए अनुसार चलचित्र चिनो प्रर्दशन नगर्न शोभितलाई निर्माताहरुले व्यापक दवाव दिएका थिए । निर्माताहरुको दवाव आएपछि शोभित झुकेका हुन् । शोभित एक हप्ता सम्म मच्चिएर अन्तत थच्चिए पछि काठमाण्डौको बिबादित क्यू सिस्टमको झमेला फेरी एकपटक टरेको छ ।

यता गंगा हलका संचालक मदनमान वज्रचार्यले भने आफूले क्यू सिस्टमको सधै विरोध गर्ने वताएका छन् । 'हामी क्यू सिस्टम भन्दै सधैं थोत्रा चलचित्र चलाएर वस्ने तर काठमाण्डौका अन्य हलले भने नयाँ नयाँ चलचित्र रिलीज गरीरहेका छन् । यसरी नयाँ नयाँ चलचित्र रिलीज भएको ठाउँमा पुराना चलचित्र हेर्न हाम्रा हलमा को आउछ  ?' उनले आक्रोश पोखे । यदि साच्चिकै यहाँ निर्माता संघ छ भने क्यू सिस्टमबाट प्रर्दशनमा आउन लागेका चलचित्र प्रर्दशनको दिनमा अन्य चलचित्र प्रर्दशन गर्न दिनु हुदैन । पुराना चलचित्र मात्र प्रर्दशन गरेर हामी कतिन्जेल घाटाको व्यवसाय गर्ने ? वज्रचार्यले प्रश्न तेर्स्याए ।

काठमाण्डौको गंगा हलमा चलचित्र चिनो प्रर्दशन नभएपछि नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईको चलचित्र यात्रा लम्विएको छ । राजकुमारले केही दिन अघि एक कार्यक्रममा काठमाण्डौको क्यू सिस्टम तोडीए आफूले चलचित्र क्षेत्र नै छोडेर हिड्ने वताएका थिए । यसरी चलचित्र प्रर्दशनलाई व्यवस्थित वनाउनका लागी काठमाण्डौमा लगाईदै आएको क्यू सिस्टम सधै जसो विवादीत वन्दै आएको छ ।

क्यू सिस्टम लगाउन हुने र नहुने भन्ने विषयमा चलचित्रकर्मीहरुले आ-आफ्नै तर्क राख्दै आएका छन् । तर यसरी वारम्वार विवादको घेराभित्र पर्दै आएको यो सिस्टमलाई सवै जना मिलेर एउटा निर्णय गर्नु जरुरी छ । होईन भने वारम्वार विवाद र झगडाको विषय वन्ने गरेको यो सिस्टमले कुनै दिन विकराल रुप नलेला भन्न सकिन्न ।
 

No comments:

Post a Comment