Saturday, January 15, 2011

(Exclusive Event Video) बहादुर गोर्खालीको देखाए बहादुरीता

बहादुर गोर्खालीको देखाए बहादुरीता बहादुर गोर्खालीको देखाए बहादुरीता ! गोर्खाली बहादुर हुन्छन् । भारतीय सैनिकमा कार्यरत पोखरा-६ बैदामका विष्णुप्रसाद श्रेष्ठ यिनै गोर्खालीका पछिल्लो उदाहरण हुन्् ।
राँचीस्थित भारतीय सेनाको ७/८ गोर्खा रेजिमेन्ट्समा नायक पदबाट निवृत्त भई फर्किने क्रममा श्रेष्ठले पश्चिम बंगालको चित्तरन्जनमा मौरिना एक्सप्रेस रेलमा आक्रमण गरी लुटपाट गर्न खोज्ने ४० डाँकालाई एक्लैले परास्त गरी सबैको जनधन जोगाए । डाँकुबाट बलात्कार हुँदै गरेकी युवतीको इज्जत बचाए । उनको खुकुरी प्रहारबाट तीन डाँकाको मृत्यु र ६ जना घाइते भएको भारतका पत्रिकाहरूले छापेका छन्् ।
घटनालाई भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्सलगायत थुप्रै सञ्चारमाध्यमले एक सातासम्म प्राथमिकताका साथ प्रकाशन र प्रसारण गरे ।
यी गोर्खालीको बहादुरीको कदर गर्दै भारतीय सेनाले उनलाई फेरि जागिरमै फर्काएको छ भने विशेष समारोह गरी सम्मानसमेत गरेको छ । सेवा निवृत्त भई पेन्सनपट्टा लिइसकेकालाई पुनः सेवामा लिइने कदम ‘अपवाद’ मात्र हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । पोखरा घर र्फकंदा उनको सहायकका रूपमा सहयोगी सुरक्षाकर्मी समेत भारतले पठाएको छ । श्रेष्ठको बहादुरी र साहसको प्रशंसा गर्दै पोखरामा समेत स्थानीय संस्थाहरूले सम्मान गरिरहेका छन् । १७ वर्ष लामो सैनिक सेवाबाट निवृत्त भएर घर फर्किने क्रममा ३५ वषर्ीय श्रेष्ठले गत सेप्टेम्बर २ मा रेल लुट्न आएका डाँकाहरूलाई परास्त गरेका हुन् । सेवामा पुनः प्रवेश गराई भारतीय सेनाले उनलाई भारतीय ५० हजार रुपैयाँ र प्रशंसा उपहार प्रदान गरेको छ । उनलाई यो पुरस्कार पल्टनमा एक विशेष समारोह आयोजना गरी कमान्डिङ अफिसर कर्णेल सुनील मोहन्तीले हस्तान्तरण गरेका थिए । त्यही बहादुरी र वीरताको कदर गर्दै भारतले पोखरा ६ बैदामका ३४ वर्षीय विष्णुप्रसाद श्रेष्ठ ७/८ जिआर गोर्खा रेजिमेन्टलाई सम्मान गर्ने भएको छ।
श्रेष्ठलाई आउँदो जनवरी २६ तारिखमा सौर्य चक्र सर्वोत्तम जीवन रक्षा मेडल र गडफ्रे फिलिक्स अवार्डबाट सम्मानित गरिनेछ। १६वर्षे भारतीय सैनिकमा सेवारत श्रेष्ठ पेन्सनको लागि आफ्नो रेजिमेन्ट जाने क्रममा झारखण्डमा लुटेरासित भिडेर युवतीको रक्षा गरेपछि उनको वीरता र बहादुरीले भारतीय अवार्डको सम्मान दिलायो। तीन जनाको मृत्यु भएपछि अरु लुटेराहरु सामान छोडेर भागे। दश जना लुटेराहरुको साथबाट प्रहरीले ४० वटा ल्यापटप ३ लाखभन्दा बढी नगद लाखौं रुपियाँबराबरको सुनको सिक्रीहरु बरामद
गरेको थियो -उनले सुनाए। घटना दुई महिनाअघिको हो
Video Here:

No comments:

Post a Comment