Sunday, January 16, 2011

महानायकले गरे पोखरा महोत्सवको समापन

एक साताअघि  पोखरामा सुरू भएको पोखरा महोत्सवलाई महानायक राजेश हमालले आईतबार साँझ समापन गरेका छन् । 

स्थानिय एवं नव नायक कुशल थापालाई समेत अविरमालाले अभिनन्दन गर्दै हमालले महोत्सवलाई सफल पार्न सहयोग गरेका केही संघसस्थालाई प्रमाणपत्र वितरण गरी महोत्सवको समापन गरेका थिए । सहयोगी चिरञ्जीवी आचार्यको  साथ  समारोह समापनमा पुगेका हमालले त्यहाँ आयोजित सास्कृतिक कार्याक्रमलाई पनि पूर्णरूपमा अबलोकन गरेका थिए ।

युनाइटेड क्लब अमरसिंहले आयोजना गरेको सो महोत्सवलाई एकीकृत माओवादीका तीन सभासद र एमालेका एक सभासदले उद्धघाटन गरेका थिए भने समापन हमालले गरेका हुन  । चलचित्र र राजनीतिक  क्षेत्रका दुवै हस्तीहरूलाई सम्मान दिने हिसावले आयोजना गरिएको उक्त महोत्सवलाई हमालले जिवनकालमै पहिलो पटक  यसरी समापन गरेका हुन ।  तर गएको बर्ष चितवन महोत्सव भने उनले पहिलो पटक उद्धघाटन गरेका थिए । पछिल्लो समय अभिनयको सँगसँगै समाज सेवाको क्षेत्रमा पनि पाईला बढाउदै लगेका हमाल यस्ता कार्याक्रममा निम्ता गरिए सहजै आफ्नो उपस्थिति जनाउने गर्दछन् । 

No comments:

Post a Comment