Sunday, January 16, 2011

निखिललाई खोज्न निस्किन उनकी पत्नी


नेपालका स्टार नायक निखिल उप्रेती एक बर्षदेखि मुम्बईको एक कुनामा हराएपछी एक्लो बनेकी उनकी पत्नी कोपिला उनलाई  खोज्न निस्किएको खबर प्राप्त भएको छ ।

नायिका संचिता लुइटेलको साथमा मुम्मबईमा संघर्षरत निखिल लामो समय सम्म नेपाल नफर्किएपछी छोराको भविष्यको लागि उनी बाबु खोज्दै मुर्म्बईतिर हानिएको बझिएको छ ।
 यस्तै यसै खबरलाई बुझ्ने क्रममा कोपिला मुम्बई नभई राजधानीको जाडो छल्न आफ्नो माइती विराटनगरमा गएको उप्रेती निकटस्त केही ब्यक्तिहरूको भनाई छ ।

उता एक स्रोतले फिल्मीखलबरलाई दिएको जानकारी अनुसार निखिल पत्नी कोपिलाले सौता भनिएकी संचिता र आफ्नो पतिलाई स-सम्मान नेपाल र्फकाउने तयारी समेत गरिरहेकी छिन् । स्रोतले भनेको छ 'आगामी फेव्रुअरीमा निखिल काठमाण्डौ पक्का आउनेछन् र सम्भवतः सो समयमा संचिता पनि उनीसंगै काठमाण्डू ओर्लने छिन् ।'  पछिल्लो समयमा निखिल बलिउडका केही फिल्ममा संघर्ष गरिरहेका र संचिता एक बुटिकमा काम गर्न सुरू गरेको समाचारहरूमा आएका थिए ।

No comments:

Post a Comment