Tuesday, January 18, 2011

काजल म्याडमको प्रभाव ब्लु डायमन्डमा

फिल्मीखबर, काठमाण्डौ, २०६७ माघ ४, मंगलवार


शोभित बस्नेत निर्देशित चलचित्र चिनोमा तेस्रो लिङ्गी काजल म्याडमको भूमिकामा अभिनय गरेका द्धन्द निर्देशक तथा सो चलचित्रका मुख्य कलाकार राजेन्द्र खड्गीको अभिनयको प्रभाव तेस्रो लिङ्गीहरूको संस्था ब्लु डायमन्ड सोसाईटीमा परेको छ ।

आफूहरूलाई लक्षित गर्दै निर्माण गरिएको कथाको चौतर्फी बयान भएपछी सो संस्थामा आबद्ध ३४ जना तेस्रो लिङ्गीहरूले मंगलबार चासोको साथ कुमारी हलमा  चिनो हेरेका थिए । डायमन्डसँग सम्बन्धीत मुख्य व्यक्ति  उमेश श्रेष्ठको नेतृत्वमा लाजिम्पाट, बालुवाटार तथा सानेपाको शाखाबाट एकसाथ जम्मा भएका तेस्रो लिङ्गीहरूले फिल्ममा आफूजस्तै भएर अभिनय गरेका कलाकार राजेन्द्र खड्गीसँग तस्बिर समेत खिचेका थिए । राजेन्द्र चिनोको मुख्य खलपात्र हुन् । जसले करिब तीन दशक चलचित्र पेशाको यात्रामा पहिलो पटक तेस्रो लिङ्गी भएर अभिनय गरेका छन् ।

यस्तै तेस्रो लिङ्गी मध्येकी एक निलम पौडेल (अपेक्षा) ले अधिकाशं नेपाली फिल्म  हेर्न नछुटाएको बताउदै मंगलबारको  चिनो हेराई  नेपाली फिल्म हेर्ने आफ्नो पूरानो  निरन्तरताको भएको बताईन् ।  यस्तै उनले चलचित्रमा खड्गीले आफ्नो जस्तो क्यारेक्टर बोकेकाले पनि फिल्म हेर्न धेरै इच्छा भएको बताउदै फिल्म हेर्न संयूक्त प्लान बनाएर यसरी आएको बताईन् ।  जस अनुरूप २ घण्टा १० मिनेटको उक्त चलचित्रलाई उनी र उनका साथीहरूले पूरै हेरेका थिए । ३४ मध्ये २२ जना आफैले  टिकट काटेर फिल्म हेरेका थिए भने बाकीलाई शोभितले सित्तैमा हेर्ने मौका मिलाई दिएका थिए ।

सो चलचित्रकी मुख्य नायिका रेजिना उप्रेतीको साथ फिल्म हेर्ने इच्छा बोकेका तेस्रो लिङ्गीहरूले रेजिनाको व्यस्ताको 

No comments:

Post a Comment