Tuesday, January 18, 2011

'चुरोट छाड्नुस यार' : राजेश हमाल

फिल्मीखबर, चितवन, २०६७ माघ ४, मंगलवार


सदावहार नायक भुवन केसी र महानायक राजेश हमालले सयौ फिल्ममा अभिनय गरिसकेका छन् । झण्डै तीन दशकको फिल्मी करिअरमा यि दुईले सँगै फिल्म खेल्ने मौका भने दुई फिल्ममा मात्र पाएका थिए । त्यो मौका फिल्म 'परिभाषा' र 'राजु राजा राम' हो जसका निर्देशक क्रमश: राजेन्द्र शलभ र शोभित बस्नेत हुन् ।

राजेन्द्र शलभले आफ्नो चलचित्र 'परिभाषा' मा  भुवन र राजेशलाई सँगै अभिनय गराएपछि यि दुईको दोस्ती अगाडी बढेको थियो । हुनत यि दुईको भेट चलचित्रमा सँगै अभिनय गर्नु पूर्व नै नभएको होईन र पनि चलचित्र परिभाषाले यि दुईको सम्बन्धलाई प्रगाढ बनाएको कुरालाई नकार्न सकिंदैन । त्यसपछि शोभित बस्नेतले आफ्नो चलचित्र 'राजु राजा राम' मा यि दुईलाई दोस्रो पटक सँगै काम गर्ने मौका जुराई दिए अनि   त्यसपछि राजेश र भुवनको सम्बन्ध अझ प्रगाढ बन्यो ।

त्यसपछि राजेश लगातार अन्य निर्माताको प्रोजेक्टमा काम गरिरहेका छन् भने भुवन आफैले फिल्म बनाउदै त्यसमा अभिनय गरिरहेका छन् । निकै लामो फिल्मी करिअरमा तेस्रो पटक शंकर घिमिरे निर्देशित चलचित्र 'तुलसी' मा अतिथि कलाकारको भूमिकामा अभिनय गर्ने मौका पाएको यि दुईलाई एक अर्काको व्यक्तिगत आनी बानी त्यति थाहा रहेनछ । जस कारण  भुवन केसीको  एक बानीले राजेशलाई मंगलबार असर पार्‍यो र अग्रज अभिनेता केसीको अगाडी मुख खोल्न बाध्य हुँदै राजेशले भने, 'चुरोट छाड्नुस यार ।'
 
चितवन महोत्सवको अवसरमा छायाकंन भैरहेको तुलसीको एक गीतमा  भुवन, राजेश, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ल र तृप्ती नाडकरले सँगै अभिनय गरेका छन् । यि सवै कलाकार अहिले चितवनमा छन् । सुटिङ्गको क्रममा पत्रिका पढेर बसिरहेका हमालको छेउमा चुरोटको धुँवा उडाउदै आएका भुवन केसीको ब्यबहार महानायकलाई मन परेन र उनले भुवनलाई चुरोटको लत छाड्न ठाडो सुझाव दिए । जवाफमा हमालको आग्रहलाई आफूले सोच्न बाध्य भएको भनी भुवनले  चुरोट छाड्ने सामान्य प्रतिबद्धता पनि जनाए ।  हमाल लागुपदार्थ दुब्र्यसनिको विरुद्ध राजदुत समेत भईसकेकाले आफ्नो कर्तव्य ठान्दै उनले भुवनलाई त्यसरी चुरोट नपिउन आग्रह गरेका हुन् ।

हुनत यो सुझाव राजेशले भुवनलाई मात्र नभएर हरेक व्यक्तिलाई दिने गर्दछन् । चुरोट पिउने बानी सबैभन्दा मन नपर्ने बानी भएकोले राजेशले चुरोट पिउने व्यक्ति देख्ने बित्तिकै चुरोट नपिउने सल्लाह दिने गरेको बुझिएको छ । उनले सल्लाह दिने क्रममा करिब एक बर्ष अगाडी काठमाण्डौको चोभारमा एक चलचित्रको छायाँकनका क्रममा पाको उमेरका एक व्यक्तिलाई चुरोट नपिउन सल्लाह दिएपछि ति व्यक्तिले तुरून्तै चुरोट पिउन छाडेको हमालले बताए । त्यसको केहि समयपछि हमाल त्यहाँ पुग्दा ती  व्यक्तिले आफ्नो रेष्टुरेन्टमा 'नो स्मोकिङ जोन' भनिसूचना टाँसेको देखेपछि हमालले सो समय आफू  निकै खुसी भएको र उनलाई धन्यबाद पनि दिएको बताए । राजेशको यो राम्रो अभियानलाई हामीले बधाई दिनै पर्छ ।

No comments:

Post a Comment