Thursday, January 27, 2011

शुक्रबारबाट दुई नयाँ चलचित्र

फिल्मीखबर, काठमाण्डौ, २०६७ माघ १३, बिहिवार

शुक्रबारबाट दुई नयाँ चलचित्र प्रदर्शन हुँदैछन् । देशभर एकसाथ 'दिलमाया' प्रदर्शन हुँदैछ भने  भने काठमाण्डौ बाहिर 'स्वर' प्रदर्शन हुँदैछ । डिसिएन सर्भरबाट प्रदर्शन हुन लागेको चलचित्र 'स्वर' काठमाण्डौ बाहिरका ३५ सिनेमा घरमा प्रदर्शन हुँदैछ भने डिसिएन सर्भरबाट नै प्रदर्शनमा आउन लागेको अर्को चलचित्र 'दिलमाया' देशभरका करिब चार दर्जन हलमा प्रदर्शन हुँदैछ ।

स्वर माघ १४ गतेबाट नै देशभर एकसाथ प्रदर्शन गर्ने भनेर प्रचार गरिएको भएता पनि अरु कुनै चलचित्रसँग नजुधाउने भनि निर्देशक प्रशन्न पौडेलले आफ्नो चलचित्रलाई काठमाण्डौमा माघ २१ गते प्रदर्शन गर्ने भएका छन् । एमआरएस मुभिजको व्यानरमा मनिष राजभण्डारी, रवि लामा तथा सुरेन बलामीको संयुक्त निर्माणमा बनेको सो चलचित्रमा राजबल्लभ कोइराला, केकी अधिकारी, बेनिषा हमाल, रिमा बिश्वकर्मा, यशराज, अमित पोखरेल, जोयस पाण्डे, तृप्पि तृप्ती नाडकर, सुनिल थापा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
सत्यराज, स्वरूपराज आचार्य र सुगम पोखरेलको सङ्गीत रहेको उक्त चलचित्रमा सत्यराज आचार्य, स्वरुपराज आचार्य, सुगम पोखरेल, मिङ्मा शेर्पा, थुप्तेन भुटिया,सन्तोष लामा,अन्जु पन्त, इन्दिरा जोशी र प्रीति कौरले स्वर दिएका छन् । चलचित्रका सवै गीतलाई अहिलेका युवा गीतकार भुपेन्द्र खड्काले लेखेका छन् ।

यसैगरी सुरूची फिल्मस् प्रोडक्सनको व्यानरमा एलिजा रिजालद्वारा निर्मित चलचित्र 'दिलमाया' मा निखिल उप्रेती, अरुसणमा लम्साल, अशोक फुयाँल , राजु गिरी, पवन बस्नेत आदि कलाकारले अभिनय गरेका छन् ।  प्लस टु पुस्ताको प्रेमकथामालाई मुख्य विषय बनाइएको यो चलचित्रलाई राजु गिरीले निर्देशन गरेका हुन् । अर्जुन पोखरेलको संगीत रहेको सो चलचित्रका गीतमा राजेश पायल राई तथा दुर्गा खरेलले स्वर दिएका छन् । 

No comments:

Post a Comment