Tuesday, January 18, 2011

बरिष्ठ चरित्र अभिनेत्री शान्ति मास्केको निधन

फिल्मीखबर, काठमाण्डौ, २०६७ माघ ५, बुधवार


दर्जनौ चलचित्रमा अभिनय गरिसकेकी बरिष्ठ चरित्र अभिनेत्री शान्ति मास्केको निधन भएको छ ।

२०२३ सालमा चलचित्र हिजो आज भोली बाट अभिनय यात्रा सुरू गरेकी मास्केको गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मंगलबार राति साढे ११ बजे निधन भएको हो ।  मुख्य चरित्र अभिनेत्री भएर काम गरेकी मास्के दुई दशक अघि सन्तान चलचित्रको छायाङ्कनमा दुर्घटना भएपछि छातीमा राखिएको 'पेसमेकर' को साहयताले बाचिरहेकी थिईन् ।  उनी प्रत्येक महिना  'पेसमेकर' जचाउन वीरअस्पताल  गईरहन्थीन्  र आज सोही कारणले उनको निधन भएको हो ।  उनी छोरी लतिकाको साथ भैसेपाटीमा बस्दै आएकी थिईन् । २०११ सालमा धरानका वीरबहादुर मास्केको तेस्रो श्रीमतीको रूपमा भित्रिएकी मास्केको श्रीमानको २०३४ सालमा निधन भएको थियो । त्यसपछी दुःखका  दिन सुरू  भएको उनको  जीवनमा आमा र छोरी साहाराको रूपमा थिए ।

नेपाली चलचित्रमा 'हात्तीछाप' चप्पल र हात्ती उस्तैउस्तै' भन्ने सूत्र शान्ति मास्केको हकमा लागू हुन्छ ।  । कलकार भएर अभावै -अभावमा अन्तिम स्वाश समेत छाडिसकेकी मास्के आखिर जीवनका सङ्घर्षशील पक्षहरूलाई अभिनय मार्फत् दर्शक समक्ष  पस्कन  सफल 'आइडल' हुन भन्नेमा सायद कसैको विमती छैन ।

कान्छी, जीवनरेखा, सिन्दुर, सन्तान जस्ता दर्शकले ज्यादै मन पराएका चलचित्रको लोक प्रियतामा शान्तिको 'अंश' कति छ ? त्यसको लेखाजोखा नेपाली चलचित्रको इतिहास लेख्नेहरूले गर्छन् या गर्दैनन् थाहा छैन । अलविदा मास्के......

यस्तै  निधन भएकी मास्के प्रति उचित श्रद्धाञ्जली दिन चलचित्र कलाकारसंघका अध्यक्ष रमेश बुढाथोकीको नेतृत्वमा केही चलचित्रकर्मी गंगालाल अस्पताल पुग्ने क्रम जारी छ । त्यसपछी कलाकारसंघको नेतृत्वमा मास्केको पार्थिव शरिरलाई भ्यानमा राखेर  अन्तिम श्रद्धाञ्जलीका लागि कमलादी स्थित प्रज्ञा भवनमा अपरान्ह सम्म राख्ने कार्यक्रम रहेको छ ।
NepalCincinnati Family would like to pray 
her soul remain peace in heaven.

No comments:

Post a Comment