Thursday, February 17, 2011

'मनमनै मन पराएँ' को शुक्रबार प्रिमियर

फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन ५, बिहिवार

फाल्गुन ६ गते अर्थात भोली शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र 'मनमनै मन पराएँ' को प्रिमियर शुक्रबार नै गरिने भएको छ । सञ्चारकर्मी, चलचित्रकर्मी र आफन्तहरूलाई निमन्त्रणा गरिएको सो प्रिमियर काठमाण्डौको बालाजु स्थित अष्टनारायण हलमा बिहान ११ बजे गरिने चलचित्रका निर्देशक राजेन्द्र उप्रेतीले फिल्मीखबरलाई जानकारी गराए ।

मातृभूमि नेपाल मुभिज प्रालिको ब्यानरमा रामेश्वर भट्टराई र उत्तम केसीले निर्माण गरेको सो चलचित्रमा मुकेश ढकाल, राज तिम्लिसिना, ऋचा सिंह ठकुरी, जय किशन बस्नेत, सुनिल थापालगायतले अभिनय गरेका छन् । प्रेमकथामा आधारित रहेर निर्माण गरिएको उक्त चलचित्रमा आफ्नो माया खोज्दै गरेकी आरजे युवती र एक युवकको कथालाई प्रस्तुत गरिएको छ ।

शिबम अधिकारीको कथा रहेको सो चलचित्रमा कृष्ण श्रेष्ठले क्यामेरा चलाएका छन भने प्रदिप श्रेष्ठको नृत्य, हिमाल केसीको द्धन्द्ध साथै बसन्त सापकोटा र महेश खड्काको संगीत रहेको छ । 

No comments:

Post a Comment